माहात्मा गान्धीको स्मृति दिवस मनाईयो ।
केही वर्ष देखि डिल्लीरमण-कल्याणी रेग्मी स्मारक पुस्तकालयमा रहेको महात्मा गान्धीको मूर्तिमा गान्धी जन्मजयन्ती (अक्टुवर २) का दिन भारतीय राजदूत मंजिप सिंह पुरीले माल्यार्पण गर्दै आउनु भएको थियो ।
आज महात्मा गान्धीको १५० औँ जन्मजयन्ति एक समारोहको विच भारतीय राजदूत मंजिप सिंह पुरीले राजदुतावास भित्र स्थापना गरेको महात्मा गान्धीको मूर्ति आवरण गर्नुभयो । महामहिम राजदूतबाट उक्त अवसरमा डिल्लीरमण-कल्याणी रेग्मी स्मारक पुस्तकालय विकास समितिका अध्यक्ष इन्दिरा दलीलाई महात्मा गान्धी विषयमा लेखिएको पुस्तक हस्तान्तरण गर्नुभयो । साथै डिल्लीरमण पुस्तकालयलाई महात्मा गान्धी संकलन स्थापना गर्न पुस्तकहरु उपलब्ध गराउने बचनबद्धता प्रकट गर्नुभयो ।
यसै अवसरमा डिल्लीरमण-कल्याणी रेग्मी स्मारक पुस्तकालय विकास समितिमा रहेको महात्मा गान्धी तथा गान्धीको ठूलो अनुयायी डा. डिल्लीरमण रेग्मीको मूर्तिमा विकास समितिका अध्यक्ष श्रीमती इन्दिरा दली, पुस्तकालय प्रमुख भोलाकुमार श्रेष्ठ तथा अन्य कर्मचारीहरूवाट माल्यार्पण गरियो ।



पुस्तक वितरण कार्यक्रम
डिल्लीरमण–कल्याणी रेग्मी स्मारक पुस्तकालय तथा द एशिया फाउण्डेशनको संयुक्त आयोजनामा आज करिव ५० वटा विद्मालय पुस्तकालय तथा सामुदायिक पुस्तकालयहरुलाई द एशिया फाउण्डेशन वाट प्राप्त पुस्तक वितरण गर्ने कार्यक्रम सम्पन्न भयो ।
उक्त कार्यक्रममा द एशिया फाउण्डेशन,Let’s Read Asia र OLE वाट गरेका डिजिटल पुस्तक वारे जानकारी गराईएको थियो ।


Shortcut News
पठन संस्कृति विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ
भाद्र ९, २०७६ बाह्रौं पुस्तकालय दिवस को उपलल्क्षमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र शैक्षिक तथा सामाजिक क्रियाकलाप उप समिति, सँगको संयुक्त आयोजनामा यस डिल्लीरमण कल्याणी रेग्मी स्मारक पुस्तकालयमा पठन संस्कृति विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । डिल्लीरमण–कल्याणी रेग्मी स्मारक पुस्तकालय विकास समितिका अध्यक्ष इन्दिरा दलीेज्यूको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रुमुख अतिथि पूर्व राजदुत प्रा.डा मोहन लोहनी हुनुहुन्थ्यो, । शैक्षिक तथा सामाजिक क्रियाकलाप उप समितिका संयोजक पार्वती नेपालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तर्फवाट पुस्तकालय समन्वय शाखाका प्रमुख यादवचन्द्र निरौलाले पुस्तकालय दिवस समारोह तयारी वारे हालसम्म भएका विभिन्न कार्यक्रमहरु वारेमा वताउनुभयो । त्यसैगरी पठन संस्कृति विषयका ज्ञाता वक्त्ताहरुमा पूर्व विज्ञान तथा प्रविधि मन्त्री गणेश शाह, बरिष्ट वालसाहित्यकार एवं पूर्व सूचना आयोग अध्यक्ष विनय कसजू, साझा शिक्षा इ पार्टीका रवि कर्माचार्य लगायतले आ– आफ्नो मन्तव्य राख्नु भएको थियो । कार्यक्रमलाई पुस्तकाय प्रमुख भोलाकुमार श्रेष्ठले सञ्चालन गर्नुभएको थियो ।



