डा. डिल्लीरमण रेग्मी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार बारे सूचना
यस विकास समितिले २०६३ सालदेखि डा. डिल्लीरमण रेग्मी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कारबाट शान्ति, अहिंसा, मानवीय मूल्य मान्यतामा उल्लेखनीय भूमिका निर्वाह गर्ने स्वदेशी तथा विदेशी नागरिकलाई सम्मान गर्दै आएको छ । यो वर्ष २०८० मा प्रदान गरिने “डा. डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार-२०८०” का लागि इतिहास, संस्कृति, पुरातत्व, भाषा, साहित्य, शिक्षा, स्वास्थ्य, विज्ञान प्रविधि, पर्यटन, समाजसेवा आदि क्षेत्रमा महत्वपूर्ण योगदान पुऱ्याउने व्यक्ति वा संस्था तथा “डा डिल्लीरमण रेग्मी अन्तर्राष्ट्रिय शान्ति पुरस्कार-२०८०” का लागि अन्तर्राष्ट्रिय जगत तथा नेपालमा शान्ति, अहिंसा, मानवीय मूल्य मान्यता र विकासमा उल्लेखनीय योगदान पुऱ्याउने विदेशी व्यक्ति वा संस्थाको नाम सिफारिस यो सूचना प्रकाशित भएको ३५ दिनभित्रमा यस कार्यालयको निम्नानुसारको ठेगानामा पत्र वा इमेल मार्फत पठाई सहयोग गर्नुहुन सबैमा अनुरोध गर्दछौं ।

निबन्ध प्रतियोगिता बारे सूचना
यस डिल्लीरमण-कल्याणी रेग्मी स्मारक पुस्तकालय विकास समितिले “पुस्तौ पुस्ताका लागि पुस्तकालय” विषयक निबन्ध प्रतियोगिता आयोजना गर्ने व्यहोरा सबैमा जानकारी गराउन चाहान्छौँ । उक्त निबन्ध प्रतियोगितामा ४० वर्ष ननाघेका र कम्तीमा स्नातक गरेका नेपाली नागरिकले मात्र भाग लिन पाउने छन् । सो प्रतियोगितामा उत्कृष्ट हुने प्रतियोगीहरूलाई प्रमाण-पत्र सहित क्रमशः प्रथम पुरस्कार रू. २५,०००/- द्वितीय रू. २०,०००/- र तृतीय रू.१५,०००/- दिइने छ । निबन्ध मानक नेपाली भाषामा कम्तीमा २५०० देखि बढीमा ३५०० शब्द सम्ममा लेखिएको हुनुपर्नेछ । निबन्ध यो सूचना प्रकाशित भएको मितिदेखि ३५ दिनसम्ममा पुस्तकालयमा पठाउनुपर्नेछ वा पुस्तकालयको इमेल dkrmlibrary2003@gmail.com मा पनि पठाउन सकिनेछ । निबन्धका साथ जन्म मिति र स्नातक भएको प्रमाण-पत्र संलग्न गर्नुपर्नेछ । अन्य विस्तृत जानकारीका लागि यस कार्यालयमा सम्पर्क राख्नुहुन अनुरोध छ ।

डा. डिल्लीरमण रेग्मीको ११० औं जन्मजयन्ती सम्पन्न ।












पवन चामलिङ र अनोजा गुरुमाँलाई डा. डिल्लीरमण रेग्मी शान्ति पुरस्कार ।
असार २२ गते माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री श्री देवेन्द्र पौडेलले डा. डिल्लीरमण रेग्मी अन्तर्राष्ट्रिय शान्ति पुरस्कार २०७८ भारत सिक्किमका पूर्व मूख्यमन्त्री श्री पवन चामलिङलाई नेपाली भाषा साहित्य र संस्कृतिको माध्यमद्वारा शान्ति सद्भावको प्रर्वधन तथा उन्नयनमा गर्नु भएको उल्लेखनीय योगदानको कदर गर्दै कलात्मक बुद्धको मूर्ति र सम्मान पत्र प्रदान गर्नुभयो ।










डा. डिल्लीरमण रेग्मीको १०९औं जन्मजयन्ती शान्ति दिवसका रूपमा विशेष कार्यक्रमका साथ मनाईयो ।
२०७८ पौष ३ गते, डिल्लीरमण–कल्याणी रेग्मी पुस्तकालयद्दारा स्व. डा. डिल्लीरमण रेग्मीको १०९औं जन्मजयन्ती शान्ति दिवसका रूपमा विशेष कार्यक्रमका साथ मनाईयो । पुस्तकालय विकास समितिका अध्यक्ष प्रा.डा ध्रुव कुमार घिमिरेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले डिल्लीरमणको निजी सम्पतिलाई सार्वजनिक गर्ने उत्साहप्रद कार्यको प्रशंसा गर्नुभयो । विशिष्ट अतिथिका रुपमा बोल्दै शिक्षा,विज्ञान तथा प्रविधि सचिव यादव प्रसाद कोइरालाले भूकम्पबाट क्षतिग्रस्त यस पुस्तकालयलाई डिपिआर अनुसार पुन निर्माणका लागि शिक्षा मन्त्रालयले आवश्यक पहल गर्ने कुरा व्यक्त गर्नुभयो । विशेष अतिथि डिल्लीरमण रेग्मी ट्रष्टका पूर्व महासचिव एवं पूर्व राजदुत प्रा.डा. मोहन लोहनीले डिल्लीरमणको निडर व्यक्तित्व र निष्ठावान् राजनितिक स्वाभाववारे प्रकाश पार्नुभयो । कार्यक्रमको अन्त्यमा डिल्लीरमणको प्राज्ञिक, राजनैतिक, तथा दानशील व्यत्तित्वका बारेमा चर्चा गर्दै पुस्तकालय विकास समितिका अध्यक्षले उपस्थित सवैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । पुस्तकालय प्रमुख भोलाकुमार श्रेष्ठद्दारा सन्चालित उक्त कार्यक्रममा स्वर्गीय रेग्मीबारे वृत्तचित्र तथा प्रस्तावित पुस्तकालय भवनको नक्सा पनि प्रस्तुत गरिएको थियो, साथै कार्यक्रमको फेसवुक पेजवाट पनि प्रतक्क्ष प्रसारण गरिएको थियो ।
Shortcut News
आज मिति २०७८ भाद्र ३० गते डिल्लीरमण–कल्याणी रेग्मी स्मारक पुस्तकालयमा पठन संस्कृतिको विषयमा डा. उत्तमबाबु श्रेष्ठज्यूसँग भएको बैठकका झलकहरु,