Shortcuts

Back to News & Events

समितिको अध्यक्षमा डा. तुलसीप्रसाद भट्टराई मनोनीत

मिति २०७१ साल फगुन २८ गतेदेखि यस डिल्लीरमण–कल्याणी रेग्मी स्मारक पुस्तकालय विकास समितिको अध्यक्षमा आजीवन प्राज्ञ डा. तुलसीप्रसाद भट्टराईज्यू मनोनीत हुनुभएको छ । साथै, समतिको सदस्यहरूमा क्रमशः डिल्लीराम रिमाल (सहसचिव, शिक्षा मन्त्रालय), श्री राजेन्द्रकुमार पेोडल, (सहसचिव, अर्थ मन्त्रालय), श्रीमती इन्दिरा दली ( सेडा,त्रिविवि कीर्तिपुर), श्री श्यामसुन्दर राजवंशी (उप–सचिव, पुरातत्व विभाग) र सदस्य–सचिव एवं पुस्तकालय प्रमुख श्री भोलाकुमार श्रेष्ठ हुनुहुन्छ । समितिको अध्यक्ष र दुईजना सदस्य शिक्षा मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट मनोनीत हुने व्यवस्था छ भने शिक्षा मन्त्रालय, अर्थ मन्त्रालय र पुरातत्व विभागबाट पदेन सदस्य रहने व्यवस्था छ ।

हार्दिक बधाई

डिल्लीरमण–कल्याणी रेग्मी स्मारक पुस्तकालय विकास समितिका सदस्य एवं शिक्षा मन्त्रालयका सह–सचिव श्री जनार्दन नेपाल सचिव हुनुभएकोमा यस पुस्तकालय विकास समिति एवं पुस्तकालय परिवार हार्दिक बधाई ज्ञापन गर्दछौं । साथै, उहाँको कार्यकाल सफलतापूर्वक सम्पन्न होस् भन्ने शुभकामना व्यक्त गर्दछौं ।

पुस्तकालय प्रमुखमा भोलाकुमार श्रेष्ठ

यस डिल्लीरमण–कल्याणी रेग्मी स्मारक पुस्तकालय विकास समितिको सदस्य–सचिव एवं पुस्तकालय प्रमुखमा मिति २०६९ साल असोज १ गतेदेखि श्री भोलाकुमार श्रेष्ठ नियुक्त हुनुभएको छ । उहाँले यसअघि त्रिवि केन्द्रीय पुस्तकालय, नेपाल राष्ट्रिय पुस्तकालय, केसर पुस्तकालयमा काम गरिसक्नुभएको छ । यस्तै, उहाँ नेपाल पुस्तकालय संघको अध्यक्ष, दक्षिण एसियाली राष्ट्रहरुको पुस्तकालय संघको अध्यक्षसमेत भइसक्नुभएको छ । हाल रिड नेपालको सल्लाहकार, काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालयको सदस्य, रिड सूचना तथा स्रोतकेन्द्रको अध्यक्षलगायत अन्य विभिन्न संस्थामा आबद्ध हुनुहुन्छ ।