News & Events

डा. डिल्लीरमण रेग्मी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार बारे सूचना

यस विकास समितिले २०६३ सालदेखि डा. डिल्लीरमण रेग्मी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कारबाट शान्ति, अहिंसा, मानवीय मूल्य मान्यतामा उल्लेखनीय भूमिका निर्वाह गर्ने स्वदेशी तथा विदेशी नागरिकलाई सम्मान गर्दै आएको छ । यो वर्ष २०८० मा प्रदान गरिने “डा. डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार-२०८०” का लागि इतिहास, संस्कृति, पुरातत्व, भाषा, साहित्य, शिक्षा, स्वास्थ्य, विज्ञान प्रविधि, पर्यटन, समाजसेवा आदि क्षेत्रमा महत्वपूर्ण योगदान पुऱ्याउने व्यक्ति वा संस्था तथा “डा डिल्लीरमण रेग्मी अन्तर्राष्ट्रिय शान्ति पुरस्कार-२०८०” का लागि अन्तर्राष्ट्रिय जगत तथा नेपालमा शान्ति, अहिंसा, मानवीय मूल्य मान्यता र विकासमा उल्लेखनीय योगदान पुऱ्याउने विदेशी व्यक्ति वा संस्थाको नाम सिफारिस यो सूचना प्रकाशित भएको ३५ दिनभित्रमा यस कार्यालयको निम्नानुसारको ठेगानामा पत्र वा इमेल मार्फत पठाई सहयोग गर्नुहुन सबैमा अनुरोध गर्दछौं ।

निबन्ध प्रतियोगिता बारे सूचना

यस डिल्लीरमण-कल्याणी रेग्मी स्मारक पुस्तकालय विकास समितिले “पुस्तौ पुस्ताका लागि पुस्तकालय” विषयक निबन्ध प्रतियोगिता आयोजना गर्ने व्यहोरा सबैमा जानकारी गराउन चाहान्छौँ । उक्त निबन्ध प्रतियोगितामा ४० वर्ष ननाघेका र कम्तीमा स्नातक गरेका नेपाली नागरिकले मात्र भाग लिन पाउने छन् । सो प्रतियोगितामा उत्कृष्ट हुने प्रतियोगीहरूलाई प्रमाण-पत्र सहित क्रमशः प्रथम पुरस्कार रू. २५,०००/- द्वितीय रू. २०,०००/- र तृतीय रू.१५,०००/- दिइने छ । निबन्ध मानक नेपाली भाषामा कम्तीमा २५०० देखि बढीमा ३५०० शब्द सम्ममा लेखिएको हुनुपर्नेछ । निबन्ध यो सूचना प्रकाशित भएको मितिदेखि ३५ दिनसम्ममा पुस्तकालयमा पठाउनुपर्नेछ वा पुस्तकालयको इमेल dkrmlibrary2003@gmail.com मा पनि पठाउन सकिनेछ । निबन्धका साथ जन्म मिति र स्नातक भएको प्रमाण-पत्र संलग्न गर्नुपर्नेछ । अन्य विस्तृत जानकारीका लागि यस कार्यालयमा सम्पर्क राख्नुहुन अनुरोध छ ।

 

डा. डिल्लीरमण रेग्मीको ११० औं जन्मजयन्ती सम्पन्न ।

२०७९, पुष ३ गते , काठमाडौं
डिल्लीरमण–कल्याणी रेग्मी पुस्तकालयद्वारा बहुआयामिक व्यत्तित्व स्व. डा. डिल्लीरमण रेग्मीको ११० औं जन्मजयन्ती समारोह शान्ति दिवसका रूपमा विशेष कार्यक्रमका साथ मनाइयो । सो अवसरमा डा. रेग्मीले आफ्नो जीवनकालमा नै शेष पछिको बकसपत्र गरी नेपाल सरकारलाई प्रदान गर्नुभएको ज्ञानोदय आश्रम लाजिम्पाटमा भएको उक्त कार्यक्रममा रेग्मीका राजनितिक, इतिहास लेखन लगायतका बहुमुखी व्यत्तित्वका बारेमा विभिन्न वक्त्ताहरुले प्रकाश पार्नुभएको थियो । पुस्तकालय विकास समितिका अध्यक्ष प्रा.डा ध्रुव कुमार घिमिरेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति माननीय के के कर्माचार्य हुनुहुन्थ्यो । पुस्तकालय विकास समितिका सदस्य एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सह–सचिव दीपक शर्माको स्वागत मन्तव्य सहित सुरु भएको उक्त कार्यक्रममा पुस्तकालय विकास समितिका पूर्व अध्यक्ष डा. तुलसीप्रसाद भट्टराईले स्वर्गीय रेग्मीका बहुआयामिक व्यक्तित्वबारे प्रकाश पार्नुभएको थियो । सो अवसरमा विशिष्ठ अतिथिका रुपमा बोल्दै त्रि.वि इतिहास संस्कृति विभागकी पूर्व अध्यक्ष प्रा.डा वीणा पौडेलले रेग्मी इतिहासकार मात्र नभई कला पारखी रहेको कुरा उहाँका संकलनमा आएका यसै भवनको प्राङ्गणमा रहेका पञ्चबुद्ध लगायत सूर्यको मूर्तिले पुष्टि गर्दछ भन्नुभयो । सो अवसरमा नेपाल बालसाहित्य समाजको संयोजनमा सुशीला प्रधानाङ्गद्वारा लिखित डा. डिल्लीरमण रेग्मीको बालोपयोगी जीवनीको लोकार्पण गरिएको थियो । पुस्तकालय विकास समितिका निवर्तमान अध्यक्ष इन्दिरा दली, वर्तमान सदस्य डा. अम्विका घिमिरे लगायत पुस्तक र पुस्तकालयलाई माया गर्ने सयौं प्रबुद्व वर्गको समुपस्थितिमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन पुस्तकालय विकास समितिका सदस्य सचिव एवं पुस्तकालय प्रमुख भोला कुमार श्रेष्ठले गर्नुभएको थियो ।
 

 

पवन चामलिङ र अनोजा गुरुमाँलाई डा. डिल्लीरमण रेग्मी शान्ति पुरस्कार ।

असार २२ गते माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री श्री देवेन्द्र पौडेलले डा. डिल्लीरमण रेग्मी अन्तर्राष्ट्रिय शान्ति पुरस्कार २०७८ भारत सिक्किमका पूर्व मूख्यमन्त्री श्री पवन चामलिङलाई नेपाली भाषा साहित्य र संस्कृतिको माध्यमद्वारा शान्ति सद्भावको प्रर्वधन तथा उन्नयनमा गर्नु भएको उल्लेखनीय योगदानको कदर गर्दै कलात्मक बुद्धको मूर्ति र सम्मान पत्र प्रदान गर्नुभयो ।

यसैगरी डा. अनोजा गुरुमाँलाई नेपाल तथा विश्वमा बौद्ध धर्म तथा समाज सेवाको माध्यमबाट जीवनपयोगी बुद्धका शान्ति सन्देशहरु निरन्तर प्रवाहित गर्नु भई शान्ति सद्भावको अभिवृद्धिमा पुर्याउनु भएको उल्लेखनीय योगदानको कदर गर्दै रु १ लाख र सम्मान पत्रसहितको डा. डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार– २०७८ प्रदान गर्नुभयो ।
उक्त समारोहमा वोल्दै माननीय मन्त्री पौडेलले आ–आफ्नो क्षेत्रमा विशिष्ट योगदान पु¥याउने व्यक्तित्वहरुलाई सम्मानित गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो ।
साथै शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री श्री वोधमाया कुमारी यादवले पनि विशिष्ट व्यक्तित्वहरुलाई सम्मान गर्न पाउदा खुसी लाग्यो भन्नुभयो ।
यसअघि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव श्री यादव कोइरालाले कार्यक्रममा पाल्नुभएका प्रमुख अतिथि, विशिष्ट अतिथि र सम्मानित व्यक्तित्वहरुलाई डिल्लीरमण रेग्मीको विषयमा प्रकाश पार्दै, स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
पुरस्कार छनौट समितिका संयोजक श्रीमती इन्दिरा दलीले पुरस्कार चयनवारे प्रकाश पार्दै सर्वसम्मत विधिवाट चयन भएको उक्त नामावलीलाई पुस्तकालय विकास समितिले स्वीकृत गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।
सोही अवसरमा नेपाल प्रज्ञा प्रष्ठिानका कुलपति श्री गङ्गा प्रसाद उप्रेतीले नेपाली भाषा साहित्यका सर्जक तथा अभियान्ता चामलिङ तथा वुद्ध धर्म तथा उनको शान्ति सन्देश लाई विश्वमाझ पु¥याउने अनोजा गुरुमाँलाई वधाई ज्ञापन गर्नुभयो ।
अन्त्यमा विकास समितिका अध्यक्ष एवं कार्यक्रमका सभापति प्रा.डा ध्रुवकुमार घिमिरेले पुरस्कृत व्यक्तित्वहरुलाई वधाई दिदै उपस्थित सवै प्रति धन्यवाद ज्ञापन गर्नुभयो ।
सोही अवसरमा शिक्षा, विज्ञान, तथा प्रविधि राज्यमन्त्रीवाट सबल समाजको आधार , सार्वजनिक पुस्तकालयको विकास र विस्तार विषयक निबन्ध प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना पुरस्कार प्राप्त गर्ने क्रमशः रमेश भट्टराई, पूर्ण भण्डारी, विजय शर्मा, रिमा ढुङ्गेल, पुस्तम राउतलाई नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
सो कार्यक्रमको संचालन भोलाकुमार श्रेष्ठले गर्नुभएको थियो ।

 

डा. डिल्लीरमण रेग्मीको १०९औं जन्मजयन्ती शान्ति दिवसका रूपमा विशेष कार्यक्रमका साथ मनाईयो ।

२०७८ पौष ३ गते,  डिल्लीरमण–कल्याणी रेग्मी पुस्तकालयद्दारा स्व. डा. डिल्लीरमण रेग्मीको १०९औं जन्मजयन्ती शान्ति दिवसका रूपमा विशेष कार्यक्रमका साथ मनाईयो । पुस्तकालय विकास समितिका अध्यक्ष प्रा.डा ध्रुव कुमार घिमिरेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले डिल्लीरमणको निजी सम्पतिलाई सार्वजनिक गर्ने उत्साहप्रद कार्यको प्रशंसा गर्नुभयो । विशिष्ट अतिथिका रुपमा बोल्दै शिक्षा,विज्ञान तथा प्रविधि सचिव यादव प्रसाद कोइरालाले भूकम्पबाट क्षतिग्रस्त यस पुस्तकालयलाई डिपिआर अनुसार पुन निर्माणका लागि शिक्षा मन्त्रालयले आवश्यक पहल गर्ने कुरा व्यक्त गर्नुभयो । विशेष अतिथि डिल्लीरमण रेग्मी ट्रष्टका पूर्व महासचिव एवं पूर्व राजदुत प्रा.डा. मोहन लोहनीले डिल्लीरमणको निडर व्यक्तित्व र निष्ठावान् राजनितिक स्वाभाववारे प्रकाश पार्नुभयो । कार्यक्रमको अन्त्यमा डिल्लीरमणको प्राज्ञिक, राजनैतिक, तथा दानशील व्यत्तित्वका बारेमा चर्चा गर्दै पुस्तकालय विकास समितिका अध्यक्षले उपस्थित सवैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । पुस्तकालय प्रमुख भोलाकुमार श्रेष्ठद्दारा सन्चालित उक्त कार्यक्रममा स्वर्गीय रेग्मीबारे वृत्तचित्र तथा प्रस्तावित पुस्तकालय भवनको नक्सा पनि प्रस्तुत गरिएको थियो, साथै कार्यक्रमको फेसवुक पेजवाट पनि प्रतक्क्ष प्रसारण गरिएको थियो ।

 
 
 

 


Shortcut News

    आज मिति २०७८ भाद्र ३० गते डिल्लीरमण–कल्याणी रेग्मी स्मारक पुस्तकालयमा पठन संस्कृतिको विषयमा डा. उत्तमबाबु श्रेष्ठज्यूसँग भएको बैठकका झलकहरु,