News Buddhajayanti 2070

Back to News & Events

२५६१औं बुद्धजयन्ती कार्यक्रम सम्पन्न
गौतम बुद्धलाई विश्वका ज्योतिका रुपमा चिनाउनुपर्छ

    विज्ञ वर्गले भगवान् गौतम बुद्धलाई शान्तिका नायकको रुपमा प्रचार–प्रसार गर्नुपर्नेमा जोड दिएका छन् । २०७४ साल बैशाख २७ गते गौतम बुद्धको २५६१औं जन्मजयन्तीका अवसरमा लाजिम्पाटस्थित आफ्नै सभाकक्षमा डिल्लीरमण–कल्याणी रेग्मी स्मारक पुस्तकालय विकास समितिद्वारा आयोजित कार्यक्रममा उनीहरुले बुद्धलाई एसियाको ज्योतिमा मात्रै सीमित नराखी विश्वको ज्योति एवं शान्तिका नायकको रुपमा प्रचार गर्नुपर्नें औंल्याएका हुन् । गौतम बुद्धको जन्मस्थल नेपालको कपिलवस्तु जिल्लाको लुम्बिनी भए पनि विश्व समुदायमा नकारात्मक प्रचार गरिएकोमा विज्ञहरुले दुःखसमेत प्रकट गरे ।
कार्यक्रममा प्रमुख वक्ता लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति नरेशमान बज्राचार्यले बुद्ध धर्म, बुद्ध दर्शन, जीवन र जगतको अन्योन्याश्रीत सम्वन्ध भएको कुरामा जोड दिनुभयो । उहाले भगवान बुद्धलाई शान्तिका नायकको संज्ञा दिनुभयो । 
यस्तै, लुम्बिनी बौद्ध विश्वविद्मालयका पूर्व रजिष्टार खड्गमान श्रेष्ठले बुद्ध धर्मको बज्रायन सम्वन्धमा विशेष प्रकास पार्नुभयो । पतञ्जली योग जिल्ला ३ काठमाडौ वाट अमर श्रेष्ठले बुद्ध धर्म र योगको महत्वमाथि प्रकाश पार्नुभयो ।
डिल्लीरमण–कल्याणी रेग्मी स्मारक पुस्तकालयका अध्यक्ष डा. तुलसीप्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा, स्वागत मन्तव्य विकास समितिका सदस्य इन्दीरा दलीले गर्नुभएको थियो । 
पुस्तकालय प्रमुख भोलाकुमार श्रेष्ठवाट सञ्चालीत उक्त कार्यक्रममा प्रा.डा. श्रीरामप्रसाद उपाध्याय, जानकी कर्माचार्य, वीना वैद्म, श्यामसुन्दर राजवंशीलगायत पुस्तकालयकर्मी, इतिकासकार, राजनीतिज्ञ एवं विभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

Image may contain: 4 people, people standing
Image may contain: 4 people, people standing
Image may contain: 13 people, people sitting and indoor
Image may contain: 11 people, people sitting
Image may contain: 5 people, people smiling