100th Birthday Dilliraman Regmi

Back to News & Events

१०५औं जन्मजयन्ती  भव्यताका साथ सम्पन्न

“कम्प्युटरले पुस्तकालयलाई विस्थापित गनॅ सक्दैन ।”

डा. डिल्लीरमण रेग्मी आफ्नो कायॅकालका चचिॅत व्यक्तित्व हुनुहुन्थ्यो । जहानियाँ राणा शासन समाप्तिको अभियानमा पनि उहाँ अग्रपंक्तिमा नै हुनुहुन्थ्यो । विपि कोइराला र उहाँ समान रुपमा राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । साहित्यिक क्षेत्रमा पनि उहाँ प्राज्ञिक व्यक्तित्व हुनुहुन्थ्यो । उहाँ विद्वान र राजनीतिज्ञमात्रै हैन उहाँले आफूलाई दानवीर पनि प्रमाणित गरेर जानुभयो । त्यसैले पनि उहाँ स्मरणीय हुनुहुन्छ । सरकारले यस कुरालाई बिसेॅको छैन ।- आज डिल्लीरमण कल्याणी रेग्मी स्मारक पुस्तकालय विकास समिति द्वारा राजधानीमा आयोजित डा.डिल्लीरमण रेग्मीको १०५  औं जन्मजयन्ती तथा शान्ति दिवस समारोहका प्रमुख अतिथि शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले प्रमुख अतिथिको रुपमा समारोहलाई सम्वोधनगदैॅ उक्त कुरा बताउनुभएको हो ।

स्व: रेग्मी

सम्वोधनको क्रममा उहाँले भन्नुभयो– डिल्लीरमण कल्याणी रेग्मी पुस्तकालयको उन्नयनमा अन्य काम पनि हुन सक्छ , हुँदै पनि जालान् । यस विषयमा मेरो सद्भाव र प्रयत्न रहने नै छ । सरकारले एक स्थानीय एक पुस्तकालयको नीति निमाॅण गदैॅछ त्यसैले कम्प्युटरले पुस्तकालयलाई विस्थापित गनॅ सक्दैन । सरकारले यस विषयमा ध्यान दिनेछ ।

शिक्षा मन्त्रालयका सहसचिव डिल्लीराम रिमालको सभापतित्वमा भएको कायॅक्रमा इन्दिरा दलीले स्वागत मन्तब्य व्यक्त गरेकी थिइनभने डा. रेग्मीको व्यक्तित्व र कृतित्वमा विद्यावारिधि गनेॅ डा.ज्ञानेन्द्र पौडेलले रेग्मीको जीवनका विविध आयामहरुका बारेमा प्रकाश पारेका थिए ।

डा. रेग्मीले राजधानीको प्राइम लोकेशनमा रहेको आफ्नो जग्गा र जग्गाभित्र चार वटा भवन र भवनभित्र हजारौ मूल्यवान पुस्तकहरुले सजिएको पुस्तकालय सरकारलाई हस्तान्तरण गरेका थिए । अहिले नेपाल सरकारको मातहतमा रहेको यस पुस्तकालयमा पाठकका लागि नि:शुल्क वाईफाई र निशुल्क फोटोकपीको व्यवस्थासमेत गरिएको छ ।

२०७२ सालको भूइँचालोको प्रकोपले भवनहरु चकिॅएकोले पुराना भवनहरु भत्काएर नयाँ भवन बनाउनका लागि सरकारले स्वीकृति दिइसकेको छभने प्रारम्भीक रकम निकाशा पनि गरिसकेको छ ।

शान्ति दिवश र डा.रेग्मीको १०५  औं जन्मजयन्तीको अवसर पारेर पुस्तकालयमा उनीद्वारा लिखित र उनका बारेमा लेखिएका कृतिहरुको प्रदशॅनीसमेत गरिएको थियो भने यसै अवसरमा ३०  जनाले रक्तदान समेत गरेका थिए ।

कायॅक्रमलाई सम्वोधनगदैॅ शिक्षा राज्यमन्त्री

डा. रेग्मीले स्नातकोत्तर र विद्यावारिधि अथॅशास्त्रमा गरेका थिए तर उनको लेखनको विषय इतिहास थियो । जबकि उनी स्थापित राजनीतिज्ञ पनि थिए । लेखनको सुरुवाती दिनहरुमा उनले कविता र कथा पनि लेखेका थिए ।

प्रतिष्ठानले बषेॅनी राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा ख्यातिप्राप्त व्यक्तिहरुलाई शान्ति पुरस्कारद्वारा पुरस्कृत गनेॅ गरेको छ । अहिलेसम्म पुरस्कार प्राप्त गनेॅहरुमा नेल्शन मण्डेला,महात्मा गान्धी, जिम्मी काटॅर, टोनी हेगन, आड़्साड़् सुची, जोन उड, गिरीजाप्रसाद कोइराला, पुषपकमल दाहाल प्रचण्ड आदि रहेका छन् ।

प्रकाशित, साभार, पाना खबर डट कम मिति २०७४ पुष ३ सोमबार

 

रक्तदान कार्यक्रम

डा. डिल्लीरमण रेग्मीको १०५औं जन्मजयन्ती (शतवार्षिकी)को विशेष अवसरमा २०७४ साल पुस ३ गते मंगलबार बिहान १० बजेदेखि १ बजेसम्म पुस्तकालय विकास समितिले रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । सो रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरेका थिए ।

डा. डिल्लीरमण रेग्मीबारे प्रदर्शन

डा. डिल्लीरमण रेग्मीको १०५औं जन्मजयन्ती (शतवार्षिकी)को विशेष अवसरमा २०७४ साल पुस ३ गते सोमबार  पुस्तकालय विकास समितिले डा. डिल्लीरमण रेग्मीको व्यक्तित्व झल्काउने विविध सामग्रीका साथ पुस्तक प्रदर्शनीको आयोजना ग¥यो । सो प्रदर्शनीको माननीय  , शिक्षाराज्मन्त्री शेषनाथ अधिकारीले अवलोकन गर्नुभएको थियो ।